प्रतिनिधि सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः सरेको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आइतबार एक विज्ञप्तिमार्फत कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त समयमा बैठक बस्न नसकिएको जानकारी दिए ।
सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभाको अर्को बैठक माघ १६ गते आइतबार दिउँसो १ बजे सारिएको जनाइएको छ ।
यस अघि पुस २८ गते प्रतिनिधि सभाको बैठकको मिति तय भएकोमा माघ ३ गते सारिएको थियो ।








