लिपुलेक प्रकरणबारे नेपाली कांग्रेसले धारणा सार्वजनिक गरेको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वपकाश शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको स्पष्ट पारिएको छ ।

‘नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ विज्ञप्तीमा भनिएको छ, ‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’