विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे छलफल गर्न आज शिक्षा मन्त्रालयको बैठक बस्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । त्यसबारे आज निर्णय लिइने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुने छ ।

यद्यपि, केही विद्यालयमा हिउँदे बिदा शुरू भइसकेको छ । त्यस्तै केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।