पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

९ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी जना गरी ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६०२ पुगेको छ ।