पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३५५२ एन्टिजेन परीक्षणमा ६५ जना गरी जना गरी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २३९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६०१ पुगेको छ ।








