नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार टुंगो लगाएको छ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट  र सुदूरपश्चिममा जगत पार्की लाई उम्मेदवार चयन गरेको हो ।

सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई अधिकार दिएकोमा अध्यक्ष प्रचण्डले आज उम्मेदवारहरूको टुंगो लगाएका हुन्।

उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुनेछ।