नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।
आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मतले चयन गरेको हो ।
बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठको प्रस्ताव र अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरिएको थियो । अध्यक्षमा अन्य कसैको दावी नपरेपछि प्रचण्ड निर्विरोध भएका हुन ।
जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन ।
माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन्।
सपथ ग्रहणपछि पदाधिकारी चयन गर्न बैठक बसेको थियो।








