नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।








