नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

जस अनुसार प्रदेश १ मा देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पा, प्रदेश २ मा असर्फी भिनवार यादव र बिना साह, बागमतीमा गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी, गण्डकीबाट पुण्यप्रसाद पौडेल, लीला पोखरेल थनेट र गोविन्दबहादुर नेपाली, लुम्बिनीमा रामदयाल गुप्ता, भारती खनाल र कृष्णबहादुर सुनार, कर्णालीमा चूडामणि शर्मा, गंगा थापा महत र पदमबहादुर माझी, सुदूरपश्चिमबाट डिल्लीराज भट्ट, सन्तोषकुमारी शर्मा र नरेश बिकलाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।

१२ माघमा हुने निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।