सत्ता साझेदार दलले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन ।
पौडेलका अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
राष्ट्रिय सभाको रिक्त १९ स्थानमा माघ १२ गते निर्वाचन हुँदैछ ।








