स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट सम्बन्धी थप सतर्कता अपनाउन अनुरोध गरेको छ।

मन्त्रालयको स्वास्थ्य सेवा विभागले स्थानीय तह, स्वास्थ्य कार्यालय र निर्देशनालयहरूलाई पत्र लेख्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।

थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिने परिपत्रमा उल्लेख छ।

विभागले जनस्वास्थ्यको मापदण्ड (एसएमएस)को पूर्ण रूपमा पालना गर्न, भीडभाड नगर्न, मास्कको प्रयोग गर्न तथा हात धुन अनुरोध गरेको छ।

ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन सतर्कता अपनाउन अनुरोध