नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ ।
पार्टीभित्र सहमतिकै आधारमा नेतृत्व चयन गर्न छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो ।
यसअघि आज दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।
तर माओवादीको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ भने मतदानको समय भने सोमबार विहान ८ देखि १ :२५ सम्म तोकिएको छ ।









