नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
आजको बन्दसत्र हलबाट अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।
प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले आज जवाफ दिएका थिए । उनले यसमा आएका सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन ।
महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो ।








