आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा र हिमपात भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मंगलबार रातिदेखि नै हिमपात भइरहेको छ ।
यसैबीच काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।
रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडासहित काठमाडौका अग्ला डाडाहरुमा हिमपात सुरु भएको हो ।
चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।
काठमाडौँ उपत्यकामा रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।








