प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
शनिबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री, मन्त्री तथा गठबन्धनका नेताहरूले सत्तारूढ पाँच दलीय गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा प्रदेश १ मा पाँच दलीय सरकार छ। जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।
कांग्रेस सांसद शेखरचन्द्र थापा नेतृत्वको पाँच दलका प्रतिनिधि सम्मिलित कार्यदलले साझा कार्यक्रम तयार पारेको हो। गठबन्धनले न्यूनतम साझा कार्यक्रममा प्रदेशको वर्तमान अवस्था र आगामी लक्ष्य, मुख्य क्षेत्रगत प्राथमिकता, नीतिगत प्राथमिकता किटान गरेको छ।








