नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन। प्रहरीले आगो निभाउन सुरू गरिसकेको छ।

आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरबाट दमकल पुगिसकेका छन्।