नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन ।

आज पत्रकारहरुसँग कुरा गर्दै शर्माले आजैदेखि प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका हुन ।

प्रवक्ताबाट अलग हुने घोषणा गर्दै शर्माले पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउने बताउदै भने ‘यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु । ’

शर्मा भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएका हुन ।