पछिल्लो २४ घण्टामा देशभर थप १८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३७८८ एन्टिजेन परीक्षणमा २४ जना गरी १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २६७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५६७ पुगेको छ ।