नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई महामन्त्री पदमा थापा ३०२३ र शर्मा १९८४ मत ल्याएर निर्वाचित भएका हुन ।

महामन्त्रीका प्रतिस्पर्धीहरु डा प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा मिनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत पाए ।

थापा डा। शेखर कोइराला प्यानल र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा लडेका थिए ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा शेखर कोइराला समूहबाट गगन थापा र डा मिनेन्द्र रिजाल प्रतिस्पर्धामा थिए । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी थिए ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।