रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन ।
उनले महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी दिएका छन ।
‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ।








