प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको आगामी १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा पदाधिकारी छनोट गर्ने बताएका छन ।
डा प्रकाशशरण महतद्वारा लिखित नेपाली कँग्रेस एण्ड नेशन बिल्डिङ नामक पुस्तकको विमोचनका समारोहमा बोल्दै सो कुरा बताएका हुन ।
उनले आगामी अधिवेशमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास हुने र प्रजातानित्रक पार्टी भएका कारणले प्रतिश्पर्धा भइहालेमा त्यसबाट हुने हार जितलाई सहज रुपम ग्रहण गर्दै हार्नेले जिन्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनु पर्ने बताए ।
प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको आगामी अधिवेशन देशका लागि नै अत्यन्त महत्वपूर्ण रहेको बताए । अधिवेशन सफल बनाएर उत्साहका साथ गाउँगाउँमा फर्किएर नेपाली काँग्रेसलाई ठूलो बहुमतीय पार्टी बनाउन लागि पर्न आग्रह गरे ।
‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।”
प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताए । ‘महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ’, उनले भने ।
सहमहामन्त्री डा महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाका बारेमा रहेको छ ।
सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गरेको र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले जानकारी दिए ।








