नेकपा माओवादी केन्द्रले पार्टीको वडा सम्मेलन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको हो।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको र कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि चाँडै सकिने बताए।
पालिका अधिवेशन पनि उत्साहपूर्वक अगाडि बढेको बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए। महराले अहिलेसम्म पार्टीको सदस्यता सङ्ख्या सात लाख ६ हजार पाँच सय पुगेको र पार्टी सदस्यता सङ्ख्या आठ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ।








