पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१० हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा २८५ जना र १८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जना गरी २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५२९ पुगेको छ ।








