नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन ।
नवनिर्वाचित अध्यक्ष ओलीले मंगलबार साँझ सौराहामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाबाट शपथ लिएका हुन ।
यस्तै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाए ।
अध्यक्ष ओली डा। भीमबहादुर रावललाई हराउँदै निर्वाचित हुनुभएको हो । उहाँले १८३७ मत पाउँदा रावलले २२३ मत पाउनुभयो ।








