नेकपा (एमाले)को अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् । उनीहरुले मनोनयन दर्ता स्थल पुगेर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
आइतबार दिनभर सहमतिको रस्साकस्सीपछि मध्यरातमा पदाधिकारीको नाम सार्वजनिक गरिएको थियो। सहमतिबाहेकका अन्य पदमा आज निर्वाचन हुन लागेको हो।
नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको एको सूचीको प्रस्तावमा असहमति जनाउँदै अध्यक्ष पदमा नेता भिम रावलले आफ्नो उम्मेदवारी दर्ता गराएपछि ओलीले पयिन उम्मेदवारी दर्ता गराएका हुन ।
यसैगरी उपाध्यक्षमा घनश्याम भुसालले र सचिव पदमा भिम आचार्यले उमेदवारी दिएका छन ।








