शालिग्राम नेपाल / नेकपा एमालेको चितवनको सौराहामा जारी दसौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय कमिटी आज ११ बजे घोषणा हुने भएको छ ।

एमालेको १० औं महाधिवेशनको बन्द सत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि नामावली आजको बन्द सत्रमा सार्वजनिक गर्ने तयारी रहेको छ ।

पार्टीको बिधान र सबैको इच्छा अनुसार नामावली सर्वसम्मतीको लागि बन्द सत्रको अन्तिम दिन आज प्रस्ताब लैजान लागिएको हो । शनिबार राति अबेरसम्म चलेको बन्द सत्रले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको थियो ।

उपमहासचिव विष्णु पौडेलले सर्वसम्मत् नेतृत्व चयन गर्दै आजै महाधिवेशन समापन हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि आजै सर्वसम्मत् नेतृत्व चयन गर्दै महाधिवेशन सकिने जानकारी दिए । बन्द सत्रलाइ शनिवार सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधि अनुसारनै नामावली आउने बताए ।

‘निर्वाचनको विधि अनुसार आउँछ कसैलाइ कुनै पदमा चित्त नबुझे हलले चुनाव गर्ला । नाम पढेर सुनाउँदा सहमती हुनेले ताली बजाने असहमती हुनेले असमर्थन जनाउने जुन जुन पदमा असहमती हुन्छ र उम्मेद्बारी हालिन्छ त्यसमा चुनाव हुन्छ’ ओलीले भने ।

राती अबेर सम्म सबै पदको नामावली टुङ्गो लगाउन गृह कार्य गरिएको थियो ।