प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवाद केही दिनमै समाधान हुने बताएका छन । नेपाल बार एसोसिएसनको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हसन ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेपाल बार एसोसिएसनको टोलीले न्यायालयमा देखिएको विवादको विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको हो ।
बारको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन । गठबन्धनमा रहेका दलसँग छलफल गरेर केही दिनमै निकासको विषयमा गम्भीर छलफल हुने आश्वासन प्रधानमन्त्रीले दिएको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नै अन्तिम विकल्प भएको जानकारी गराएको श्रेष्ठले बताए ।
संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलले गर्नुपर्ने भूमिकाको विषयसमेत प्रधानमन्त्रीसँग राखेको उनको भनाइ छ । प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवासायी एक महिनादेखि आन्दोलित छन् ।








