पछिल्लो २४ घण्टामा देशभर थप ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २७३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५०९ पुगेको छ ।