पछिल्लो २४ घण्टामा देशभर थप २९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र ११९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११४९४ पुगेको छ ।