सर्वोच्च अदालतमा बिहीबारका लागि नौ इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोकेका हुन ।

सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश जबराले भने आफ्नो लागि कुनै इजलास तोकेका छैनन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको लागि पूर्ण इजलास तोकेका छन भने हरिप्रसाद फुयालका लागि एकल इजलास तोकेका छन ।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र डा कुमार चुडाल, टङ्कबहादुर मोक्तान र कुमार रेग्मी, टङ्कबहादुर मोक्तान र कुमार रेग्मी तथा तेजबहादुर केसी र डा मनोजकुमार शर्माका लागि प्रधानन्यायाधीश जबराले संयुक्त इजलास तोकेको सर्वोच्चले जनाएको छ ।