पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११४८३ पुगेको छ ।