सर्वोच्च अदातल परिसरमा आज पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिएका हुन ।
नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै कात्तिक पहिलो सातादेखि प्रदर्शन गर्दै आएका छन ।
यता, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै प्रदर्शनरत पक्षलाई सम्वादमा आउन आह्वान गरेका थिए । तर, बारले उनीसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।
यसैबीच सर्वोच्च अदातलमा आजका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन ।
सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।








