सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दैछ ।

बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहनुभएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै यही कात्तिक २२ गते पाँच दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो ।