मुगु जिल्लाको सदरमुकाम गमगढीमा आगलागी हुँदा २१ वटा घर जलेका छन् ।

गमगढीमा सोमबार मध्य राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन् ।

गमगढी बजार साँघुरो र बाक्लो भएका कारण धेरै नोक्सानी भएको स्थानीयले जनाएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ ।