पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
२ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २४२०जनाको एन्टिजेन परीक्षण गर्दा १९ गरी ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४२५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु पुष्टि भएको छ ।








