नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो ।

बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।

तल्ला कमिटीहरुको कार्यतालिकामा पनि संशोधन भएको छ ।

कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय