नेपाली काँग्रेस र नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका छन् ।
काँग्रेसले पार्टीको आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको हो ।
त्यस्तै, एमालेले पार्टीको जारी अधिवेशनको कारण बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो ।








