लक्ष्मीप्रसाद उपाध्याय । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किएका छन ।
आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा सहितको टोली काठमाडौँबाट त्यता प्रस्थान गरेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री देउवा सहितको उच्चस्तरीय टोली काठमाडौँबाट सुर्खेत हुँदै डोटी दिपायल पुग्ने कार्यक्रम रहेको छ । सुर्खेतमा हेलिकोप्टरमा इन्धन भरेर दिपायल पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले दिपायलमा डोटी जिल्लामा भएको क्षति तथा नोक्सानीको बिफ्रिङ लिने कार्यक्रम रहेको छ । त्यसपछि बझाङ जिल्लामा पहिरो गएको थलारा क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री देउवाले बैतडी, डडेल्धुराको जोगबुढा, कञ्चनपुरको दोधारा चाँदनी, बह्रमदेव क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बिहीवार राती धनगढी बसेर शुक्रबार मात्र देउवा राजधानी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।








