काठमाडौंमा आजदेखि सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापारर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले आजदेखि काठमाडौंमा दशैंलक्षित सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको जानकारी दिए ।

कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी–बोका किन्न पाइने कम्पनीका कार्यकारी अधिकृत चन्दले जानकारी दिए । उनका अनुसार खसी–बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरिएको छ ।

त्यसमा प्रतिकिलो १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । जस अनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० पर्ने उहाँले बताउनुभयो ।

गत वर्ष कम्पनीले प्रतिकिलो ५५० सहुलियत मूल्यमा खसी–बोका विक्री गरेको थियो ।