नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्।
निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं-७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए।
उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। चतर्वेदीको बुलबुलेमै घर छ।








