पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २७९ सहित देशभर थप ८३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ८१ हजार ९३९ जना पुगेको छ ।

८ हजार ५८९ जनामा पीसीआर परीक्षण गर्दा ७३० जना र ५१४७ एन्टिजेन परीक्षणमा १०४ जनामा गरी ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २३२, भक्तपुरका २३ जना र ललितपुरका २४ गरी उपत्यकामा कुल २७९ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२७९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ६१ हजार १५४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०९६ पुगेको छ ।