मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन शुक्रबार ‘हेर्न नमिल्ने’मा राखिएको छ ।
सर्वोच्च अदालतलका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको थियो । न्यायाधीशद्वय सिन्हा र चुडालको संयुक्त इजलासले सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।
तल्लो अदालतले आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी गरेको फैसलाविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएको थियो ।








