राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक-२०७८” प्रमाणीकरण गरेकी छिन ।

संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको सो विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन ।

बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा सरकारले ९ दिनदेखि खर्च गर्न पाएको थिएन ।