सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका प्रत्येक वडामा ४० वर्षमाथिका ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गरिनेछ ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्रालयका सहसचिव डा। कृष्ण पौडेलले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए ।
यसका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने उनले जानकारी दिए ।








