पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६४ सहित देशभर थप १४७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ७७ हजार ४३७ जना पुगेको छ ।
११ हजार ६७ जनामा पीसीआर परीक्षण गर्दा १२५१ जना र २८६३ एन्टिजेन परीक्षणमा २२७ जनामा गरी १४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३५५, भक्तपुरका ५८ जना र ललितपुरका १५१ गरी उपत्यकामा कुल ५६४ जना कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६३० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ५५ हजार ६३० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११०५९ पुगेको छ ।








