राष्ट्रिय जनमोर्चा पार्टी समर्थित पत्रकारहरुको संस्था प्रगतिशील पत्रकार संघ, काठमाडौंको अध्यक्षमा रोशन दानी चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाले दानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विपिन पोख्रेल, सचिव लक्ष्मण बेल्वासे र कोषाध्यक्षमा किरण पाण्डे चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सुमन चापागाईं, अस्मिता क्षेत्री, गणेश विक, निरुल महर्जन र लक्ष्मी चौधरी रहेका छन् ।
भेलाले प्रकाश थापा मगर, लक्ष्मणदेव पाण्डेय र गोपाल सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष रोशन दानीले आफू सँधै पत्रकारको हकहितका काममा लाग्ने बताए । दानीले पत्रकारको श्रमको सम्मान र प्रेस स्वतन्त्रताको विषयमा काम गर्ने बताए । दानीले उत्पीडनमा परेका वर्ग समुदाय र आवाज विहीनहरुको आवाज बन्ने प्रण गर्दै विकृति र विसंगतीको विरुद्ध लड्ने बताए ।
अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अखिल नेपाल महिला संघका केद्रीय कोषाध्यक्ष ऋतु केसी, प्रगतिशील पत्रकार संघ बागमती प्रदेश अध्यक्ष रमेश पौडेल, प्रगतीसिल लेखक संघका महासचिव समिर सिंह नेकपमा मसाल काठमाण्डौ प्रबक्ता जगत रेग्मी लगायतले शुभकामना दिएका थिए ।








