संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय ३१ जनालाई माफी भएको छ।
नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को मिति भदौ २९ गतेको सिफारिसमा ५ सय ३१ जनालाई माफी भएको हो।
२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।










