काठमाडौं जिल्लामा चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असोज ४ गतेदेखि लगाइँने भएको छ ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असोज ४ गतेदेखि ३ दिनसम्‍म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

स्वास्थ्य निर्देशनालले आज एक सुचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा र नेपाल प्रहरी अस्पताल, शसस्त्र प्रहरी अस्पताल, बिर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुति गृह र विरेन्द्र शैनिक अस्पताल छाउनीमा खोप केन्द्र रहने जनाएको छ ।

यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा, चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा, नागार्जुन नगरपालिकामा १० ठाउँमा, तार्केश्वर नगरपालिकामा ११ ठाउँमा, दक्षिणकाली नगरपालिकामा ९ ठाउँमा, बुढानीलकण्ठ नगरपालिकामा १३ ठाउँमा, टोखा नगरपालिकामा ११ ठाउँमा, गोकर्णेश्वर नगरपालिकामा ९ ठाउँमा, शंकरापुर नगरपालिकामा ९ ठाउँमा र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोपकेन्द्र रहने निर्देशनालयले जनाएको छ ।

काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ गतेदेखि लगाइने (खोपकेन्द्रको सूचीसहित)