रामेछापको मन्थली नगरपालिका–६ हात्तिसारमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बालक गम्भिर घाइते भएका छन् ।

बिहीबार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जिप हात्तिसारमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले जानकारी दिए ।

दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–२ बस्ने अन्दाजी वर्ष ३५ का वाङ्छु शेर्पा, ६ का अन्दाजी वर्ष ३५ का लाक्पा शेर्पा र उनकी श्रीमती अन्दाजी वर्ष २७ की फरुबा शेर्पा रहेका छन् ।

लाक्पा शेर्पाका अन्दाजी वर्ष पाँचका छोरा धावा शेर्पा गम्भिर घाइते भएको डिएसपी ढुङ्गानाले जानकारी दिए । घाइते बालकको तामाकोसी अस्पताल मन्थलीमा उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको उनले बताए।