सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ । अघिल्लो सरकारले गठन गरेको भूमि आयोग प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विघटन गरेको थियो ।
आयोग विघटन गरेको १ महिनामै देउवा सरकारले अर्को आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा महेन्द्र खड्का छन् । अरु सदस्यहरु भने नियुक्त भएका छैनन् ।
सरकारले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले सपथ लिएका छन् ।
आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका हुन्।








